पेट्रोलियम पदार्थ नाकामै रोकिए

शुक्रबार लोड भएका शनिबार आइपुग्नुपर्ने ट्याङ्कर नआइपुगेपछि

  • प्रकाशित मिति : June 13, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ ३०-नेपाल भित्रिने पेट्रोलियम पदार्थ बोकेका ट्याङकर दुईदिनदेखि रुपन्देहीको सुनौली नाकामै रोकिएका छन् । भारतीय आयल कर्पोरेशनले गरेको सिस्टम परिवर्तनका कारण समस्या सिर्जना भएको हो । नेपालमा आइओसी मार्फत तेल आउने गर्दछ ।

उता ट्याङकर रोकिएसँगै बजारमा डिजल मौज्दात रहे पनि पेट्रोलको अभाव देखाइएको छ । बिहानदेखि बुटवलमा पेट्रोल पाइएको छैन । पेट्रोलको भण्डारण क्षमता कम भएकाले स्टकमा कमि आएको व्यवसायीले थाहा पाएपछि तेल बेच्न बन्द गरेका छन् ।

भारतीय भन्सारको सिस्टम अपडेट गर्दाले नेपाल आउने पेट्रोलियम पदा र्थ शनिबारदेखि आउन पाएको छैन । भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि आउन लागिएको पेट्रोलियम पदार्थ सीमामा रोकिएको भन्सार कार्यालयले रुपन्देहीका कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले बताए । ढकालका अनुसार भारतीय आयल कर्पोरेशनले एडी कोड९एकाउन्ट डिटेल० राख्नुपर्छ, शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार कर्पोरेशनले कोड नराखी गाडी पास नभएको हो ।

शुक्रबार लोड भएका शनिबार आइपुग्नुपर्ने ट्याङ्कर नआइपुगेपछि बुज्दै जाँदा आइओसीको डाटा इन्ट्रीका कारण समस्या भएको रहेछ उहाँको भनाइ छ ।

भैरहवा भन्सार हुँदै दैनिक ४०–५० वटा टयाङकर आउने गरेको थिए । शुक्रबारदेखि सोमबार मिध्यान्ह १२ बजेसम्म कुनै पनि ट्याङ्कर आएका छैनन् । भन्सार कार्यालय, नेपाल आयल निगम र सरोकारवाला निकायले समन्वय गरिरहेको र आज बेलुकासम्ममा समस्या समाधान हुने ढकालले बताए ।