मेयर बालेन्द्र शाह र उपमेयर सुनीता डंगोल सडक मानवमुक्त अभियानमा

  • प्रकाशित मिति : June 13, 2022
  • जेनिसा कार्की

नेपाल ज्योती जेठ३०-  वागमती प्रदेश सरकारले आज र भोलि प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ।

यसै क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ( बालेनर ) उपमेयर सुनीता डंगोलले मानवसेवा आश्रमको हेटौंडा कार्यालय अवलोकन गरेका छन् ।

सोही क्रममा मेयर उपमेयरले मानव सेवा आश्रम अवलोकन गरेको महानगरले जनाएको छ ।

सरकारसँगको समन्वयमा लामो समयदेखि मानवसेवा आश्रम देशभर सडक मानवमुक्त अभियानमा लाग्दै आएको छ ।

आश्रमले मेयर उपमेयर समक्ष काठमाडौं महानगरपालिकामा रहेका सहयोगपेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, सडकआश्रित मानवलाई उद्दार गरि काठमाडौं महानगरपालिकालाई वेवारिसे सडक मानवमुक्त निर्माण एवं घोषणा गर्ने प्रस्ताव राखेको छ ।