आज बाट ब्रोकरले कारोबार प्रणाली आफैं बनाउनुपर्ने

मंगलबारसम्म कार्यविधिमा केही कानुनी भाषा मिलाइसक्ने र बुधबार ९असार १० देखि लागू गर्ने तयारी छ

  • प्रकाशित मिति : June 15, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,असार १-अनलाइन सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)ब्रोकरले आफैं बनाउनुपर्ने व्यवस्था असार १ देखि लागू हुने भएको छ ।

टीएमएससम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनका लागि नेप्से सञ्चालक समितिले स्वीकृत गरेसँगै उक्त व्यवस्था लागु हुने भएको हो । नेप्से सञ्चालक समिति बैठकले सोमबार टीएमएससम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको स्रोतले बताएको छ । ‘बैठकमा टीएमएससम्बन्धी विनियमावलीमा भएको व्यवस्थामा केही कानुनी भाषा मिलाएर लागू गर्ने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सम्भवतः मंगलबारसम्म कार्यविधिमा केही कानुनी भाषा मिलाइसक्ने र बुधबार ९असार १० देखि लागू गर्ने तयारी छ ।’