नेपाल ज्योति,असार १-भारतले गहुँ निकासीमा रोक लगाएर मैदा निकासी खुला गर्दा स्वदेशी मैदा उद्योग जोखिममा परेका छन् । विराटनगर भन्सारका अनुसार जेठदेखि जोगबनी नाकाबाट गहुँ आयात बन्द भएर मैदा आयात सुरु भएको छ । यस नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा ३२ करोड ७७ लाख ९० हजार मूल्यको करिब एक लाख क्विन्टल गहुँ आयात भएको भन्सारको तथ्यांक छ । यसअघि गहुँ मात्र आयात हुन्थ्यो । मुलुकमा ३६ वटा मैदा उद्योग सञ्चालनमा छन् । तिनले वार्षिक ६ लाख ५० हजार टन मैदा उत्पादन गर्दै आएका छन् ।
स्वदेशी मैदा उद्योग जोखिममा
भारतले गहुँ निकासीमा रोक लगाएर मैदा निकासी खुला गर्दा स्वदेशी मैदा उद्योग जोखिममा परेका छन्
- प्रकाशित मिति : June 15, 2022
- जेनिसा कार्की
