बीबीएसका विद्यार्थीहरूको परीक्षाफल ९ महिनासम्म पनि प्रकाशन भएन

नेपाल खुला विश्वविद्यालय ९एनओयू०मा अध्ययनरत बीबीएसका विद्यार्थीहरूको परीक्षाफल ९ महिनासम्म पनि प्रकाशन भएको छैन

  • प्रकाशित मिति : June 15, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,असार १-परीक्षा सकिएको बढीमा तीन महिनाभित्र नतिजा सार्वजनिक हुनुपर्छ । तर, नेपाल खुला विश्वविद्यालय ९एनओयू०मा अध्ययनरत बीबीएसका विद्यार्थीहरूको परीक्षाफल ९ महिनासम्म पनि प्रकाशन भएको छैन । २०७५ सालमा भर्ना भएका र २०७६ सालमा भर्ना भएका विद्यार्थीको क्रमशस् तेस्रो वर्षको र दोस्रो वर्षको नतिजा प्रकाशन नभएको हो । विश्वविद्यालयका कुलसचिव गोविन्दसिंह विष्टले डिन नभएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बताए । २०७५ सालमा भर्ना भएका विद्यार्थीको परीक्षा गत असोज १ गते सकिएको थियो । त्यसैगरी २०७६ मा भर्ना भएका विद्यार्थीको परीक्षा गत असोज १० सकिएको थियो । नतिजा नआउँदा विद्यार्थी अन्योलमा छन् । त्यसपछि सञ्चालित परीक्षाको नतिजासमेत प्रभावित भएका छन् ।