युक्रेनको ओडेसा क्षेत्रमा रुसि क्षेप्यास्त्र हमलाले १९ जनाको ज्यान लियो

  • प्रकाशित मिति : July 1, 2022
  • -सरु आचार्य
युक्रेन युद्द

नेपाल ज्योति असार१७-  युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रातारात भएको रुसी क्षेप्यास्त्र हमलामा एक बालकसहित १९ जनाको मृत्यु भएको छ।

राज्य आकस्मिक सेवा, डी एस एन एस-ले बताएअनुसार लगभग सबै पीडितहरू सेरहीभका गाउँमा एउटा क्षेप्यास्त्रले प्रहार गरेको नौ तले भवनमा थिए।

रुसले विगत केही दिनयता युक्रेनी शहरहरुमा दर्जनौं मिसाइल प्रहार गरेको छ।

नौ तले भवन भत्केको ठाउँमा अग्नि नियन्त्रकहरूले जीवितहरूको खोजी गरिरहेको दृश्य वडो दुख -दायी देखियो । तिनीहरूले झोलामा पीडितहरूमध्ये एक जनाको लास बोकेको पनि देखिएको थियो ।हाल उक्त स्थानमा ६० जना उद्धारकर्ताकार्यरत रहेको बताइएको छ। यस भवनमा १५० जना जति मानिसहरू बसोबास गर्थे भन्ने विश्वास गरिन्छ।

६० सालकी युलिया बोन्डार नजिकैको भवनमा बसोबास गर्थिन ।उनले भनिन्, (हामीले तीनवटा विस्फोट सुन्यौं र अहिले मनोरञ्जन केन्द्रको केही बाँकी छैन। गाउँ धेरै शान्त छ, यस्तो हुन सक्छ भनेर हामीले कहिल्यै सोचेका थिएनौं।)

ओडेसा क्षेत्रीय प्रशासन प्रवक्ता सेरही ब्राटचुकले सोभियत युगको एक्स–२२ क्षेप्यास्त्र प्रयोग भएको अनुमान गरिएको बताए।

मस्कोले अहिलेसम्म एस बिषयमा कुनै सार्वजनिक टिप्पणी गरेको छैन।

युक्रेनले रणनीतिक रूपमा महत्वपूर्ण सर्प द्वीपबाट बिहीबारको रूसी निकासीले युक्रेनको सबैभन्दा ठूलो ब्ल्याक सी बन्दरगाह ओडेसा र व्यापक क्षेत्रको खतरा कम गर्ने आशा गरेको थियो।

रूसले ओडेसा र अन्य युक्रेनी बन्दरगाहहरूबाट अन्न निर्यातमा बाधा नपुर्याएको प्रमाणित गर्न सद्भावनाको इशाराूको रूपमा आफ्नो ग्यारेसन लाई निकालेको बतायो तर युक्रेनले मस्कोले आफ्ना अन्न भण्डारहरू खोलिरहेको भन्दै उक्त दावा खारेज गऱ्यो।

स्थानीय अधिकारीहरूले रातारात युक्रेनको उत्तर, उत्तर(पश्चिम र दक्षिणमा चेर्निहिभ, खारकिभ र माइकोलेभ क्षेत्रहरूमा गोली प्रहार गरे भनी स्थानीय अधिकारीहरूले बताए