मकै बेच्ने दम्पत्तिमाथि थप कारवाही गर्दै महानगरपालिका

घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका  छन् ।

  • प्रकाशित मिति : July 3, 2022
  • -सरु आचार्य

नेपाल ज्योती असार१९ -मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियो सामाजिक सञ्जालमा अहिले चर्चामा छ । यता जान्ताले प्रहरीले गरेको कर्य गलत भयो भनेर बिरोध गरी रहदा, उता प्रहरीले भने तिनै दम्पती माथी थप कर्वाही गर्ने तयारी गरिरहेको बताएको छ।

महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि थप कारवाही हुने महानगरपालिकाले जनाएको छ ।

‘सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ, कारबाही नगरेर नमस्कार गर्नु त ?  नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गर्दै भने आवश्यक परे कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’

महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकले थप कारवाही गर्न प्रक्रिया सुरु भएको छ । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका  छन् ।

फुटपाथमा बेच्नेहरुमाथि दैनिक कारबाही गरिरहेको भन्दै सपकोटाले निरन्तर भइरहने पनि बताएका छन् । ‘सँधै कारबाही हुन्छ, आज पनि हुन्छ, भोलि पनि हुन्छ । नयाँ कुरा होइन’ उनले भने,’हाम्रो नियमित काम हो, यो ठूलो कुरा होइन ।’

नगर प्रहरीका सब इन्स्पेक्टर (सई) राजन श्रेष्ठमाथि दम्पत्तिले ५ हजार घुस मागेको भनेर लगाएको आरोपबारे महानगरपालिका भने मौन छ । ‘अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारी आफैं छु । सोधपुछपछि स्पष्टीकरण लिएर अनुसन्धानपछि महानगरले आवश्यक परे मात्रै कारबाही गर्छ, मैले अनुसन्धान गरेर महानगरको नेतृत्वलाई बुझाउने हो, बाँकी उहाँहरुले गर्नुहुन्छ,’ सापकोटाले भने ।

काठमाडौं महानगरले फुटपाथमा सामाग्री बेच्न प्रतिबन्ध लगाएको भन्दै सडकपेटीको ठेला, फुटपाथका सामाग्री बेच्न नदिने, बेचेमा थप कारवाही गर्नपछि नपर्ने उनले बताए ।