चुइगम खाने गर्नु भएको छ ? एक पटक यो पोस्ट पड्नुस

विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ। नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ। देश गरिबीमा ढकेलिनुमा तपाई हाम्रो पनि ठुलो हात छ । 

  • प्रकाशित मिति : July 3, 2022
  • -सरु आचार्य

नेपाल ज्योती असार१९ –  देशको आर्थिक अवस्था तल खस्किदै गएको तपाई हामी सबैलाई थाहाँ नै छ । भर्खरै मात्र टाट पल्टेर गरिबिको पिडा झेली रहेको श्रिलंकाको दुर्दसा पनि हामी सबैले देखि रहेका छौ । हामी हरेक समस्या बारे प्रश्न त उठाउछौ तर तेस्को जिम्मेवारी नेताहरुलाई मत्र दिदै सजिलै पन्छिने गर्दछौ ।हामि जनतापनी कही –कतै जिम्मेवार छौ कि भनेर कहिले हामी सोच्दैनौ ।

अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ।

विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रकम बाहिरिएको छ। नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ। देश गरिबीमा ढकेलिनुमा तपाई हाम्रो पनि ठुलो हात छ । 

न त छाक टर्ने, न त पेट भरिने। नखाए पनि हुने, अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च गरीरहेका हुन्छौ। न औषधि नै हुने,  न त अत्यावश्यक वस्तु नै , न त मुलुकमा नै उत्पादन हुन्छ ।  एकातिर विदेशी मुद्रा सञ्चिति घट्दो छ भने अर्कातर्फ यस्ता अनावश्यक वस्तुको आयात बढ्दो छ।

स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो तर कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ। मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन। तर, पनि यस्ता अनावश्यक र विलाशिताका वस्तुको आयातमा अर्बौं रकम बाहिरिरहेको तथ्यांक समयसमयमा सार्वजनिक हुने गरेको छ।

एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइ जस्तै ‘मुखको तीतो मेट्न’का लागि चपाइनै त्यस्ता वस्तुको आयातका लागि मात्रै झण्डै ४१ करोड बराबरको लगानी गरिएको छ।