काभ्रेबट धेरै पढ्ने र बहिनीलाई ठुलो मान्छे बनाउने सपना लिएर शहर छिरेकी २१ वर्षिय रमाको सपना KMC स्कुल भित्र लाश बनेर झुण्डियो

शहरको ठुला- ठुला स्कुलको पर्खल भित्र कहिले सम्म दबाईन्छ आखिर गरिबको सपना ?

  • प्रकाशित मिति : July 3, 2022
  • -सरु आचार्य

नेपाल ज्योती असार१९ –  काठमाडौँको बुद्ध नगर स्थित KMC स्कुलको होस्टेल भित्र महिला कर्मचारीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । काभ्रे पलाञ्चोको तिमाल घर भएकी २१ वर्षिय रमा राएमाझी KMC स्कुलमा गएको ५ बर्ष देखिनै काम गर्दै आएकी थिन।

उनि आफ्नो ३ दिदी बहिनी र एक दाईसित काठमाडौँको बस्दै आएकी थिइन । बिहानको ७ बाजे देखि बेलुकी ७ बजे सम्म KMC मा काम गर्ने रमा शनिवार बेलुकी ७ ;३० सम्म घर नआइसके पछी परिवारहरु रमाको खोजीमा निस्किएका थिए ।

सधा जस्तै दिदी खोज्न KMC स्कुल पुगेकी रमाको बहिनीलाई तेस दिन स्कुल भित्र छिर्न दिइएन ,जबकी अरुबेला उनि दिदीको काम गर्ने होस्टेलमा बिना रुकावट आउने ,जाने ,खाने र बस्ने समेत गर्थिन । जब भित्र पुगिन स्कुलको म्यानेजरले समेत उन्लाई किन आएको भनेर प्रश्न गरे । दिदि घर नपुगेको र आफु दिदिलाई खोज्न आएको बताएपछि म्यानेजरले आज रमाले ढोका नखोलेको बताए ।

बहिनी दिदिको कामगर्ने कोठामा पुगिन तर ढोका सजिलै खुलेको बताईन दिदिलाई झण्डिएको अवस्थामा देखेपछी बहिनेले परिवारलई खवर गरेकी थिईन् । रमाको बाबा ,ममी काभ्रे पलाञ्चोकमै खेती किसानी गर्छन ।

हिजोदेखि स्थानिय र मृतकको परिवारले स्कुलमा न्यायको लागी आनदोलन गरिरहेका छन् । अहिले सम्म पनि घटना स्थलमा मृतकको परिवारलाई भित्र छिर्न दिइएको छैन । आखिर रमाको हत्या हो वा आत्महत्या प्रहरीहरुले छानबिन गरिरहेको बताएका छन् । परिवारको भने रमाको हत्यानै भएकोहो भन्ने दावि छ ।

६ महिना अघी पनि KMC स्कुलको होस्टलको लापर्वाहीले एक छात्रको बाथरुम भित्र शव भेटिएको थियो ।