कोभिड–१९ को नयाँ भेरिएन्ट नेपालमा

  • प्रकाशित मिति : July 4, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,असार २०-निकै संक्रामक मानिएको कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए ५’ नेपालमा पनि पाइएको छ ।कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो । केही दिनयता नेपालमा कोरोना संक्रमणमा तीव्र विस्तार देखिएको छ ।

भारतमा संक्रमण निरन्तर देखिएको वृद्घिपछि त्यसको असर नेपालमा पनि देखिएको हो । संक्रमण दर बढ्दै गएपछि नयाँ भेरिएन्ट वा सब–भेरिएन्ट भित्रिएको आशंका गरिँदै आएको थियो । संक्रमण उकालो लागेपछि सरकारी स्वास्थ्य सेवाका अधिकारीहरूले जिन सिक्वेन्सिङको परिणाम पर्खिरहेका थिए ।

कोभिड भाइरसको ओमिक्रोन भेरिएन्टका ‘बीए ५’ र ‘बीए ४’ सब भेरिएन्टहरू संक्रमणका कारण र खोपका कारण शरीरमा विकसित प्रतिरक्षा क्षमता छल्न सक्षम रहेको दाबी गरिएको छ ।