प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा तीन मन्त्रि नियुक्त, जसपामा ब्यापक असन्तुष्टि

डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले गरे अस्वीकार

  • प्रकाशित मिति : July 4, 2022
  • - विश्व घिमिरे

नेपाल ज्योति असार २०- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  छन् ।

राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव रहेका छन् ।

नयाँ मन्त्रि नियुक्ति भए संगै जसपामा ब्यापक असन्तुष्टि बड्दै गएको छ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका हुन् ।