नेपाल ज्योति असार २०- सोमबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको छ।
आयल निगमका प्रवक्ताका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ। बृद्धि भएको मूल्य अनुसार पेट्रोल अब लिटरको १८१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ।
हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।