नेपाल ज्योती असार२१ – रामेछापको सुनपाटिमा बस दुर्घटना हुँदा ९ जनाको घटनस्थलमै मृत्यु भएको छ। थप ३ जना मध्य एकको अस्पताल लादा लादै मृत्यु भएको हो भने २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । हाल सम्म मृत्यु हुनेको संख्या १३ जना पुगिसकेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
रामेछापको हिलेदेवी स्वारा हुदै काठमाण्डौ आउँदै गरेको बा २ ख ८३९६ नम्बरको बस रोडबाट भिरमा खस्दा दुर्घटना भएको हो । बस सिधै भिरबाट करिब ४० मिटर तल खसेको थियो घाइतेहरुलाई उपचारको निम्ति धुलिखेल अस्पताल पठाईएको छ ।
घाइते मध्ये धेरैको जनाको अवस्था अझै पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उक्त बसमा ड्राईभर सहित ४० जाना व्यति सवार थिए । गम्भिर घाईतेहरुलाई हेलिकप्टर दुवारा उद्दार गरिएको थियो ।
मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ। सनाखत हुनेमा सुनापाती गाउँपालिका (५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आलेमगर र ६० वर्षका खड्ग विक‚ सुनापाती (४ की ६० वर्षकी सन्दीपा तामाङ, काभ्रे मण्डनदेउपुर ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका ४ का वर्ष नखुलेका कमल तामाङ र सुदीप गजमेरको घटनास्थलमै मृत्यु भएको डिएसपी थिङले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा मृत्यु भएका दुई जना र घटनास्थलमै मृत्यु भएका एकजनाको सनाखत हुन सकेको छैन। बस हिँडेको केही घन्टापछि करिब १० किमी गुडेपछि बस दुर्घटनामा परेको बताइएको छ। बसका चालक अहिले प्रहरीको नियन्त्रणमा छन्।
उनको अवस्था भने सामान्य नै रहेको छ। चालकले ब्रेक फेलको कारण दुर्घटना भएको प्रहरीलाई जानकारी दिएका छन्।