नेपाल ज्योति, असार २२ – अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने माओवादी बैठकमा बताएका छन् । पूर्वस्थायी कमिटी सदस्यहरूसँगको छलफलमा दाहालले अर्थमन्त्री प्रकरण बारे कुरा राखेका थिए ।
माओबादीका एक नेताका अनुसार बैठकमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले आफू निर्दोष भएको दाबी गरेका थिए ।
बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको रअनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको आरोप उनि माथि लागेको छ ।