निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ गतेका लागि सिफारिस

  • प्रकाशित मिति : July 6, 2022
  • - घनश्याम आचार्य

नेपाल ज्योति, असार २२ – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सरकारलाई आगामी मंसिर २ गते एकै चरणमा गर्नेगरी मिति सिफारिस गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै सो मिति सिफारिस गरेको हो ।

आयोगको तर्फबाट सरकारलाई २०७९ मंसिर २ गते शुक्रबारका लागि एकैचरणमा निर्वाचन गर्न आयोगको तर्फबाट सिफारिस गरिएको जानकारी निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका दिएकी हुन् ।

सो अवसरमा सरकारको तर्फबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतको सहभागिता रहेको थियो ।