उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साह पदबाट बर्खास्त

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निर्णय कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उल्ट्याए

  • प्रकाशित मिति : July 8, 2022
  • - घनश्याम आचार्य

नेपाल ज्योति,असार २४- न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ ।

न्याय परिषद्को शुक्रबारको बैठकले २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्द बर्खास्त गर्ने निर्णय गरेको हो ।