यस्तो समाजमा बसेर चन्द्र शमशेरले उन्मुलन गरेको सति प्रथाको लागि एकल महिलारहरुले ताली ठोक्ने कि पुर्पुरो ?

याहा आत्मनिर्भर भएर एक्लै जीवन बाच्छु भनेर मात्रै पनि नपाईदो रहेछ ।जिबन जिउनको लागि पुरुष नामको बिल्ला घाटिमा झुन्डाएर नहिड्नेलाइ यहि समाजको भलादमि महिला र पुरुषहरूले अनेकौं उपाधि दिई दिई मार्ने रहेछन । एकल महिला हासेर बाच्न , राम्रो लगाउन , मिठो खान आफैले कमाएर पनी नपाईने रहेछ । तपाईको तलब जत्ति होस ,तपाई जति सुकै काबिल हुनुस तर यो सब गर्नु हुन्छ र तपाई एकल महिला हो भने भोलि देखि तपाइलाई समाजको आखाँले पछ्याउन थाल्ने छन । तपाईको चियो -चर्चो सुरु हुन थाल्नेछ।

  • प्रकाशित मिति : July 9, 2022
  • -सरु आचार्य

नेपाल ज्योति,असार २५-‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको आज १०० वर्ष पूरा भएको छ ।

केहो सती प्रथा ?

प्राचीन हिन्दू समाजमा मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो।श्रीमानको मृत्युपछि मृतककी रानीहरुलाई श्रीमानको शव ९लाश० सङै चितामा सुताइन्थ्यो। सति जानु पुर्व श्रीमतीलाई दुलही जस्तै श्रृङ्गार गरेर घरबट निकालिन्थियो । त्यो जमनामा नारीहरुलाई धर्म मोक्ष र रिति रिवाजको लोभ देखाएर फकाइ फुल्याइ उनलाई सति जान सहमत बनाउथिए ।

नमान्ने जति लाई नसालु कुरा खुवाएर लठ्ठ बनाएर समेत चितामा सुताउने गर्थिए ।अझ चितामा हाली सके पछि आगोले पोलेर भाग्न खोज्ने सतिलाई त झन ढुङ्गाले हानी हानि मारेर फेरि चितामा हालिन्थियो । सती जानु अर्थात् मृतक श्रीमानसंग जीवितै चितामा जल्नुलाई सतीधर्म मानिन्थ्यो।

भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका वाग्मती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा सती जाने गरिन्थ्यो।

कति सतिहरु आफ्ना कलिला काखको बच्चालाई छाडेर सति जान मान्दैनन् थिए त कति ज्यानको मायाले ।जीउँदै जल्नु सुन्नदा मात्रै पनि कति त्रास पुर्ण हुन्छ तर तेति हुदा हुँदै पनि ती सति नाइ भन्न सक्दैन थिए ।जल्दै गरेको चितामा जवर्जस्ती सति बनाइएका सतिले आगोको लप्काले पोल्दा सहन नसकेर जलाउनेहरु लाई दिएको श्रापले ले गर्दा आज पनि नेपाललाई शतीले सरापेको देश भन्ने गरिन्छ।

  • १९१० मै जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेसँगै यो प्रथालाई केही बन्देज लगाउने प्रावधान राख्ने कोसिस गरेका थिए तर बर्सौ देखि चली आएको कुरितलाई जरा बट निकालेर फ्याल्न तिन्ले पनि एकै पटक सकेनन । मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्ष मुनिका छोराछोरी हुनेले पनि सती प्रथा जानु नपर्ने व्यवस्था भने उन्ले गरेका थिए ।
  • मुलुकी ऐनमा केही व्यवस्था थप गर्दै वीर शमशेरले १९४४ सालमा ‘सती प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’ नै जारी गरे। जसमा गर्भ रहेको एक महीना मात्रै भएको अवस्थामा श्रीमान्‌को मृत्यु भएमा सती जान नदिनु, बच्चा जन्मेपछि सती जान्छु भनेमा जान नदिनु भन्ने जस्ता व्यवस्था गरिएको थियो । तर यो व्यवस्था कार्यान्वयनमा भने आएन।
  • अन्त्यमा २५ असार १९७७ सालमा चन्द्र शमशेरले सति प्रथाको अन्त्य भएको घँषणा गरिदिए तेस पछि भने महिलालाई जीउँदै जलाउन रोक लगाइयो ।

 

के सती प्रथाको अन्त्य भएकै हो त ? मेरो नित्तान्त विचार

सति प्रथाको बारेमा धेरै सुनेको थिए। मान्छेलाई मान्छेले नै जीउँदै जलाउछन भनेको सुन्दा हो र रु भन्दै जिब्रो काड्थे । कृष्ण धारावासीको झोला किताब पढे पछि र फ्लिम हेरेर आए पछि त झन मन स्तम्भ नै जस्तो भयो ।कसरी आफुले जन्मएको सन्तान यति कठोर हुन सक्छरु कसरी तेस्ले जिउदै आफ्नो जन्म दिने आमालाई जलाउन सक्छ रु लोग्ने मान्छे यति कठोर कसरी हुन सक्छ्न रु अनि कसरी ती नारीहरु आफू जिउदै जल्नको लागि सजिन तयार हुन्छ्न रु  एस्ता धेरै प्रश्नहरु थिए मनमा ।

समय बित्दै गयो । आखिर म पनि एक नारी थिए । ढिलो रचाडो सबै नारीले यो काहाली लाग्दो दिन भोग्नै पर्ने रहेछ । मेरो जिबनमा यो दिन द्दट बर्षको उमेरमा नै आयो ।म ती अनुभव कस्ता हुन्छन त शब्दमा लेख्न सक्दिन तर यो भोगाइ केही मात्रामा बयान गर्दै छु ।

मैले म जस्तै कलिलो उमेरमा श्रीमान गुमाउनेहरु धेरै देखे ।कोरोनाको यो मारमा म मात्रै होइन म जस्ता हजारौंको सिउदो पुछिएको थियो ।जता ततै आफै जस्तो पीडा देखे पछि मन बुझाउनु बाहेक विकल्प हुन्न रहेछ ठाने ।तर यो समय अवधिमा मैले एउटा कुरा प्रष्ट रुपमा थाहापाई सकेको थिए । मलाइ लाग्थ्यो ती पुरुषहरु कति कठोर जस्ले आफ्नो सृष्टिकर्ता हरुलाई जिउदै जलाउछ्न ।तर वास्तविक सत्य यो रहेछ पुरुषहरुले होइन याहा आइमाइले-आइमाईलाई जिउँदै जलाउदा रहेछ्न। त्यो आगोको राप भन्दा रापिलो पोलाइ ति महिलाको बोलीहरु र श्रीमान् बितेपछि गरिने व्यबहारमा हुदो रहेछ ।

श्रीमान् बितेपछि धेरै साथीहरुको अवस्था एकदम दयनिय देखे ।आफ्नो छोरा साथ नभए पछि बुहारीलाई घरबट निकालेको देखे , सम्पत्ति दिनुपर्छ भनेर बुहारीलाई आँखा निकालेर ,फकाइ फुल्याइ गरेर मार्ने सबिता भण्डारीको जस्तो सासू देखे , बुहारीलाई छोरा साथमा नभए पछि खेलाउना सम्झेर इज्जत शीत खेली (खेली मार्ने ससुरा देखे , एक्लि आइमाइलेके गर्न सक्छे भनेर हेप्ने समाज देखे , नारीलाई पसल , घर , अफिस समेत जादा पछ्याउँदै नारीलाई गिद्दे नजर लगाउने र नमानेमा चरीत्र हिन घोषणा गर्ने समाजमा इज्जत भएका ठुला-ठाला भलाद्मी पुरुष देखे ।

याहा आत्मनिर्भर भएर एक्लै जीवन बाच्छु भनेर मात्रै पनि नपाईदो रहेछ ।जिबन जिउनको लागि पुरुष नामको बिल्ला घाटिमा झुन्डाएर नहिड्नेलाइ यहि समाजको भलादमि महिला र पुरुषहरूले अनेकौं उपाधि दिई दिई मार्ने रहेछन । एकल महिला हासेर बाच्न , राम्रो लगाउन , मिठो खान आफैले कमाएर पनी नपाईने रहेछ । तपाईको तलब जत्ति होस ,तपाई जति सुकै काबिल हुनुस तर यो सब गर्नु हुन्छ र तपाई एकल महिला हो भने भोलि देखि तपाइलाई समाजको आखाँले पछ्याउन थाल्ने छन । तपाईको चियो -चर्चो सुरु हुन थाल्नेछ।

यो सबै देख्दा लाग्यो ती जीउँदै जलाउने मान्छे भन्दा पापी भन्दा जिउदो हुदा दुख दिने राक्षसि समाजमा छु म । तिनिहरुले एक पटक जलाउने थिए । तर जिउदो रहदा त पटक( पटक दिनमा कयौ पटक नारीले मर्नु पर्ने रहेछ । सायद तेसैले गर्दा सति प्रथालाई त्यो बेलाको नारीहरुले सहजै सुइकार गरेका थिए ।यधि समाज यसतै हुन्छ भने , एकल नारी हुनु पाप हो भने , भगवानले विदुवालाई श्राप नै दिएका हन र यो सधा एस्तै रहनछ भने चन्द्र शमशेरले सती प्रथा हटाएर गल्ति गरे ।

एस्तो अवस्थामा श्रीमन बित्दा सति जानू परेन भनेर खुशी हुनुको पनि मैले खासै औचित्य देखिन । किन कि याहा हरेक घरमा हरेक विधुवाको  मन  जलि रहेका छ ।

सरु आचार्य ( काली)