नेपाल ज्योति,असार २५-यसअघि प्रतिकिलो ५० पैसाका दरले तरकारीमा लिदै आएको कर छुट गरेको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको हो ।
यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय करको रुपमा तरकारी कर बुझाउँदै आएका थिए । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो । नीति तथा कार्यक्रममा कृषकले तिर्दै आएको सो कर नलिने निर्णय भएको छ । उक्त निर्णय नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ ।