कश्मीरको अमरनाथ क्षेत्रमा बाढीका कारण १६ जनाको मृत्यु, ४० बेपत्ता

कश्मीरको अमरनाथ क्षेत्रमा बाढीका कारण १६ जनाको मृत्यु, ४० बेपत्ता

  • प्रकाशित मिति : July 10, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,असार २६-कश्मीरको अमरनाथ क्षेत्रमा भारत प्रशासित कश्मीरको अमरनाथ क्षेत्रमा भारी वर्षासँगै आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ । साथै अरु दर्जनौं मानिस हराइरहेका छन् ।अधिकारीहरूका अनुसार अमरनाथ गुफास्थित हिन्दु तीर्थस्थलमा यस्तो घटना भएको हो । यस क्रममा गुफा नजिकै रहेका तीर्थयात्रीहरूका शिविर पनि बाढीले बगाएको सरकारी अधिकारीहरूले बताएका छन् ।वार्षिक रुपमा मेला लाग्ने उक्त पहाडी गुफामा पूजा गर्नका लागि करिब १० हजार तीर्थयात्रीहरू जम्मा भएका थिए । बाढीपछि उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बाढीमा हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

बाढीमा कम्तीमा ४० जना हराइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १६ जनाको शव भेटिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाका कारण आफू दुखी बनेको प्रतिक्रिया दिएका छन् ।

हरेक वर्ष झैँ यस वर्ष पनि अमरनाथ तीर्थयात्रा जुन ३० मा सुरु भएको हो । जहाँ १० हजार जति तीर्थयात्रीहरू त्यसअघि नै उक्त गुफा भएको क्षेत्रमा पुगिसकेका थिए ।