सामाजीक संजालमा हराएको सुचना प्रकासित भएको सोमा थिङको शव जङ्गलमा फेला पर्यो

  • प्रकाशित मिति : July 10, 2022
  • जेनिसा कार्की

नेपाल ज्योती असार२६- काभ्रेको रोशी गाउँपालिका १० ठकुरी गाउँ माथ्लो पोखरीटोलकी हाल इमाडोलमा बस्दै आएकी ३३ वर्षीया सोमा थिङको शव जङ्गलमा फेला परेको छ ।

कोठाबाट हराएको १० दिन पछि मृत अवस्थामा धुलिखेलको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

उनी असार १६ गते कोठाबाट हराएको परिवारले बताएको छन । परिवारले खोजी गर्दा पनि नभेटिएपछि प्रहरी, मिडिया र सबै आफन्तहरुलाई खोजीका लागि आग्रह गरिएको थियो । त्यसै सिलसिलामा आज थिङको शव फेला परेको हो ।

थिङको शव बाख्रा चराउन गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

थिङ उनको श्रीमानसंग झगडा भए पछि कोठबाट निस्केको थिइन । उनको शवको जिल्ला अस्पतालमा धुलिखेलमा परीक्षणको लागि लगिएको छ