नेपाल ज्योती असार २६- श्रीलङ्का अहिले चरम आर्थिक सङ्कटमा फसेको छ। कोभिड महामारी र आर्थिक अव्यवस्थाका कारण श्रीलङ्काको विदेशी मुद्राको सञ्चिति घटेकाले विदेशी मुद्रा नहुँदा सामान आयात गर्न पनि समस्या उत्पन्न भएको छ।
इन्धन र अन्य वस्तुको आपूर्ति सहज नभएकाले अहिले महँगी चुलिनुको साथै खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४।६ प्रतिशत पुगेको छ।
जसकारण केही महिनादेखि त्यहाँ सरकारविरुद्ध प्रदर्शन भइरहेको थियो।प्रदर्शनकारीले राष्ट्रपति राजपक्षको राजीनामा माग गरेका थिए। श्रीलङ्कामा हजारौँ प्रदर्शनकारीहरू राजधानी कोलम्बोस्थित राष्ट्रपति भवनमा छिरेका थिए । प्रदर्शनकारीहरूले राष्ट्रपति भवन छिरेर गोटाबय राजपक्षको पौडी पोखरीमा पौडी खेलने साथै त्याहा उपल्बध सम्पुर्ण सुबिधाका सामानहरुको उपभोग गरेका थिए ।
कोलम्बोको सरकारी क्षेत्र प्रवेश गर्ने क्रममा आन्दोलनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्दै (गोटा गो होमू नारा) लगाएका थिए।एक जना वरिष्ठ रक्षा अधिकारीले एएफपी समाचार संस्थासँग भनेका छन्, (राष्ट्रपतिलाई सुरक्षित रूपमा बाहिर लगिएको छ। उनी अझै पनि देशका राष्ट्रपति हुन्। उनलाई सेनाको युनिटले सुरक्षा दिइरहेको छ )
यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
सर्वदलीय सरकार गठनका लागि मार्गप्रशस्त गर्नेगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्ग राजीनामा गर्न सहमत भएको उनको कार्यालयले जनाएको छ।