नेपाल ज्योति,असार २७-बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ ।गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको जानकारी दिए ।
“जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाई समेत राहत दिने नीति थियो”, उनले भने ,“हालसम्म ११४ जनालाई दियौँ, सम्पर्कमा नआएका र कागजात नबुझाएका २०÷३० जना बाँकी होलान, प्रदेशले अर्कौ वर्ष बजेट पठाए पाउँलान् ।” राहत पाउनका लागि कागजात भने प्रमाणित हुन जरुरी हुन्छ ।