नेपाल ज्योती असाढ३१- बुधबार साँझ गोरखाको आरुघाट गाउँपालिका–१ स्थित सायाम्चेत गाउँमा पहिरोले दुई वटा घर भत्कायो । स्थानीय एकाईका ४० वटा जति घर पहिरोको उच्च जोखिममा छन् ।
बीचमा १८ वटा घर बाँकी रहेको विशाल पहिरो बिफराएको गुरुङ्गले बताए। पहिरोमा फसेका घरपालुवा जनावरलाई बिहीबार नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनप्रतिनिधिको सहयोगमा उद्धार गरिएको थियो।
उनले भने, खाद्यान्नलगायतका सामान पनि सुरक्षित स्थानमा लगिएको थियो।पहिरोप्रभावित क्षेत्रका सबै ४० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ।