यसपटक लौरो, पाँच बर्ष घर दैलो- चुनाव अगाडिको नारा कार्यन्वयन गर्न टोल-टोलमा पुगे बालेन शाह

  • प्रकाशित मिति : July 15, 2022
  • -सरु आचार्य

नेपाल ज्योती असाढ३१- काठ्माण्डौँको मेयर बालेन शाहले सामाजिक संजालमा चुनाव अघि गेरेका धेरै कमेन्टमेन्ट कामको चटारोको कारण पुरा गर्न नसकेको तर काम सकिने बितिकै तेता तिर ध्यान दिने बताएका छन् ।

उन्ले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् – यसपटक लौरो, पाँच बर्ष घर दैलो चुनाव अगाडिको हाम्रो नारा थियो । नीति तथा कार्यक्रम र बजेट लगायतको चटारोले एक महिना व्यस्त हुन पुग्यौँ । तर हाम्रो त्यो नारा केवल चुनावलक्षित मात्र थिएन । कर्तव्यको कुरा थियो । सोही प्रतिबद्धता अनुरुप हामी हरेक दिन बिहान ६ बजेदेखि महानगरका टोल र गल्ली पुग्न सुरु गरेका छौँ ।

आज बिहान वडा नम्बर २७ का केहि टोलहरु पुग्यौँ । स्कुल र मठमन्दिर पुग्यौँ । स्थानीय बासिन्दाहरु भेट्यौँ । नेता र अगुवाहरु भेट्यौँ । यसक्रममा कुनै पनि भेट पुर्वनिर्धारित थिएनन् ।

आफ्नै महानगरवासीहरुको ढोका ढक्ढकाउने छौँ । समय भए भेटेर गफिने छौँ । नभए ढोकाबाट नमस्ते गरेर फर्किने छौँ । हाम्रो आफ्नो महानगर हो, जुन अवस्थामा सँधै रहन्छ, त्यहि अवस्थामा भेट्नेछौँ । देख्नेछौँ । म जस्तो छु, त्यस्तै भेटिनेछु । ठाउँ जस्तो छ, त्यस्तै हेर्नेछु । कृत्रिमता र औपचारिकता चाहिदैन । अनि पो समस्याको पहिचान हुन्छ । अनि पो वास्तविक समाधान निस्किन्छ ।

अपवाद बाहेकको अवस्थामा यो क्रम पाँचै बर्ष कायम रहनेछ