फाइजर भ्याक्सिनको थप १,००८,००० डोज काठमाडौंमा -५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिन अनिवर्य

  • प्रकाशित मिति : July 15, 2022
  • -सरु आचार्य

नेपाल ज्योती असाढ३१- कोभीड१९ को महामारीबाट नेपाली बालबालिकालाई जोगाउने उद्देश्यले फाइजर भ्याक्सिनको थप १,००८,००० डोज हिजो साँझ अमेरिकाबाट काठमाडौं आइपुगेको छ।

हामीले गर्ने सबै काममा हामी हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न खोज्छौं किनकि यो महामारी कुनै पनि देशले एक्लै समाधान गर्न नसक्ने संकटको एउटा प्रष्ट उदाहरण हो। र हामी सबै एकजुट भएर लाग्यौं भने यो सम्भव छ भन्ने हामीलाई थाहा छ,- अमेरिकी विदेशमन्त्री ब्लिंकेनले ग्लोबल एक्शन मीटिंगमा भन्नुभएको छ।

अमेरिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निशुल्क उपलब्ध गराइसकेको छ।