नेपाल ज्योती असाढ३१- प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीको आधिकारिक निवास बालुवाटारमा पाँच दलको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको छ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ुप्रचण्डु र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी छन् ।
बैठकको कार्यसूचीमा आज ३ बजे हुने उपसभामुखको निर्वाचन, नागरिकता विधेयक, संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनसंशोधन र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको छ ।