नेपाल ज्योती असाढ३१- रौतहट जिल्लाको दुर्गा भगवती गाँउपालिकामा बिहीबारदेखि बेपत्ता भएका दुई बालबालिका, आज बिहान बागमती नदीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक मात्सारीबाट, दुर्गा भगवती–३ बाट हर्ष झा र वडा नं २ को भलोहियाका आदित्य दासरहेको प्रहरीले जनाएको छ । उनीहरु विद्यालय गएपछि नुहाउन खोलामा गएका थिए । उनीहरु लेनमा नुहाउन गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले जानकारी दिए ।
हरेक वर्ष विभिन्न कारणले गर्दा सयौं नेपाली बालबालिका डुबानमा पर्ने गरेका छन् ।