नेपाल ज्योती असाढ३२- बंगलादेशका बरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी को आयोजना गरिएको छ । मिथिला येन आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि कला प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनीको आयोजना एसएम सुल्तान फान आर्टिस्ट ग्रुपले गरेको हो । प्रदर्शनी जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहयोगमा प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीमा नेपाल, बंगलादेश, भारत, थाइल्याण्ड, जिम्बाब्वे, अमेरिका, बुल्गेरिया, रुस, मलेसिया, टर्की र श्रीलङ्काका कलाकारहरुको चित्रकला प्रदर्शन गरिएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार ज्ञानेन्द्रमान अमात्यले विश्वका सबै कलाका आ–आफ्नै विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने बताए ।
नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल जस्तो सुन्दर देशमा प्रदर्शनीमा सहभागी हुन बंगलादेशी कलाकारहरुका लागि खुशीको कुरा भएको बताए ।
बंगलादेशका बरिष्ठ कलाकार मलयाकुमार कुन्दु र साहित्यकार तीर्थ निरौला तथा अन्यले कलाले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्धलाई जोडेको बताए भने जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर कोअर्डिनेटर रामसुन्दर यादवले फाउन्डेसनले विश्वभरका कलाकारलाई जोड्ने काम गरिरहेको बताए ।
प्रदर्शनीमा बंगलादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका ६९ कलाकारको चित्रकला प्रदर्शनीमा राखिएको छ ।