यतीबेला युरोपको यि देशहरु जलीरहेका छन् ।आगोको रापले गर्दा गर्मी बडेर कयौको जिवन समेत गएको छ

पोर्चुगलमा आगलागीले यस वर्ष ३० हजार हेक्टर ९७५ हजार एकड० जमिन ध्वस्त भएको छ । सन् २०१७ को गर्मीयाम पछिको सबैभन्दा ठूलो क्षेत्र पोर्चुगलमा विनाशकारी आगलागी भएको थियो जसमा करिब १०० जनाको मृत्यु भएको थियो ।

  • प्रकाशित मिति : July 16, 2022
  • -सरु आचार्य

नेपाल ज्योती असाढ३२- यतीबेला युरोपको यि देशहरु जलीरहेका छन् । भूमध्यसागरमा फैलिएको घातक डढेलोले युरोपमा त्रास फैलीएको छ ।

पोर्चुगल, स्पेन र दक्षिणपश्चिम फ्रान्समा हजारौं अग्नि नियन्त्रकहरू डढेलोसित लडिरहेका छन् ।जस्ले गर्दा अत्याधिक गर्मिको कारण पोर्चुगल र स्पेनमा ३ सय जना भन्दा धेरैको ज्यान गएको छ । गर्मीका कारण कयौँ मानिस समस्यामा परेको र जनजीवन अस्तव्यस्त बनाएको छ ।

पोर्चुगलमा आगलागीले यस वर्ष ३० हजार हेक्टर ९७५ हजार एकड० जमिन ध्वस्त भएको छ । सन् २०१७ को गर्मीयाम पछिको सबैभन्दा ठूलो क्षेत्र पोर्चुगलमा विनाशकारी आगलागी भएको थियो जसमा करिब १०० जनाको मृत्यु भएको थियो ।

 

उत्तरी पोर्चुगलमा स्पेनको सीमा नजिकैको फोजकोआ क्षेत्रमा वाटरबमिङ विमान दुर्घटना हुँदा एक जना पाइलटको मृत्यु भयो।

फ्रान्सको गिरोन्डे क्षेत्रमापनी भिषण आगलागी भैरहेको छ । आगलागीबाट बच्न ११ हजार भन्दा बढी मानिस उद्धारमा खटिएका छन् ।

दक्षिणी स्पेनको कोस्टा डेल सोल नजिकै मिजास डाँडामा फैलिएको डढेलोको क्षेती झन्डै २,३०० मानिसहरू ले भाग्नुपरेको छ ।

टोरेमोलिनोसको समुद्री किनारका छुट्टी मनाउनेहरूले पहाडहरूमा ठूलो धुवाँ निस्किरहेको देखे जहाँ थुप्रै विमानहरूले आगो निभाउन लागेका थिए।

यसैबीच फ्रान्सको दक्षिण,पश्चिम आन्ध्र महासागरीय तट नजिकै भएको जङ्गलमा लागेको आगलागीलाई एक स्थानीय बासिन्दा करीनले समाचार एजेन्सी एएफपीलाई भनिन्, (मैले यस्तो आगलागी पहिला कहिल्यै देखेको थिइनँ)

त्यहाँ भएको आगो र बोर्डोको ठीक दक्षिणतिर पर्ने अर्को आगलागीले झन्डै ८,००० हेक्टर ९२०,००० एकड० जमिन तहसनहस पारेको छ।

मंगलबारदेखि पोर्चुगलमा तापक्रम ४७ सी र स्पेनमा ४० सी भन्दा माथि पुगेको छ। यसले गर्दा ग्रामीण क्षेत्रमा सुक्खा हुनुका साथै आगलागी भएको छ। स्पेनको इफे समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार दुवै देशमा गर्मीले गर्दा ३०० भन्दा बढी मानिसको मृत्यु भईसकेको छ।

मरेका पोर्चुगिज पाइलट फायर बस उभयचर विमानमा एकलै उडिरहेका थिए।

पोर्चुगलमा आगलागीले यस वर्ष ३० हजार हेक्टर ९७५ हजार एकड० जमिन ध्वस्त भएको छ । सन् २०१७ को गर्मीयामपछिको सबैभन्दा ठूलो क्षेत्र पोर्चुगलमा विनाशकारी आगलागी भएको थियो जसमा करिब १०० जनाको मृत्यु भएको थियो ।

भूमध्यसागरका अन्य भागहरू पनि प्रभावित छन्। इटलीमा सरकारले विकट पो भ्यालीमा आपतकालीन अवस्थाघोषणा गरेको छ ।

उता उत्तरी मोरक्कोमा लाराचे, ओएजजान, ताजा र टेटुआन प्रान्तमा आगलागी हुँदा थुप्रै गाउँहरूको उद्धार गर्नुपर्ने भयो। कसार एल केबिरमा एउटा गाउँ पूरै ध्वस्त भयो।

मानव प्रेरित जलवायु परिवर्तनले गर्दा ताप लहरहरू झन्- झनै तीव्र हुँदै गएका छन् ।औद्योगिक युग सुरु भएदेखि नै विश्व लगभग १।१ सी सम्म तातो भइसकेको छ र विश्वभरका सरकारहरूले कार्बन उत्सर्जनमा ठाडो कटौती नगरेसम्म तापक्रम बढ्दै जानेछ।