१७ घण्टा पछी बल्ल रोकियो जोरपाटीमा पानीको फोहोरा – बस्ती पुरै हिलाम्य

  • प्रकाशित मिति : July 20, 2022
  • -सरु आचार्य

नेपाल ज्योती ,श्रावण ५- मंगलबार बिहान १० बजे ,काठमाडौंको जोरपाटी स्थीत सन्तवीर लामाको घरमा  बोरिङ खन्ने क्रममा एक्कासि मिथेल ग्यास सहित  पानी र बालुवाको फोहोरा निस्किएको थियो ।

जस्ले गर्दा जोरपाटी चोक केही समय हिलाम्य बन्यो । उक्त ग्यासको फोहोरा हेर्न मानिसहरुको भिड लागेको थियो । सन्तकुमार लामा घरमा पानी ल्याउन बोरिङ खन्दै थिए । खन्ने क्रममा पानी नभेटिए पछि उनले २ दिनसम्म ड्रिल गरेका थिए । ३२० फिटमुनि पुगेपछि पानी भेटिएको थियो । मंगलबार बिहान पाइप जोड्ने काम पनी भइरहेको थियो । ड्रिल गरेको ठाउँमा पाइप हाल्ने क्रममा ग्याससहितको लेदो पानी निस्कियो ।सुरुमा सामान्य लेदो देखिएको पानी विस्तारै ठूलो फोहोरा छाड्दै तिन तला घरमाथि नाघेर आकाश उडेको देखिन थालियो ।

अनुसन्धानको लागी खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाकालाई बोलाईएको थियो । उन्को अनुसार पानीसहितको लेदोमा १५ देखि २० प्रतिशतसम्म मिथेन ग्यास मिसिएको पाईएको छ ।

यस्तो घटना पहिले पनी २्४ ठाऊमा देखिएको केहि दिनसम्म निस्किएर  आफैं बन्द हुने उनले बताए ।

बाँस्कोटाका अनुसार काठमाडौं उपत्यकामा पहिले पानीको तलाउ भएकाले यहाँका विभिन्न ठाउँहरूमा ग्यास संकलन भएर बसेको छ । ग्याससहितको लेदो निस्किएको यो विभागबाट वरिष्ठ भू–गर्भविद् पृथ्वीलाल श्रेष्ठको टोलीले उक्त स्थलको अध्ययन गरेको थियो ।

टोलीले निस्किएको ग्यास मिथेन रहेको आत्तिइन नपर्ने अवस्था बताए । पानी र बालुवाको मात्रा ८० प्रतिशत र १५–२० प्रतिशत मिथेन ग्यास छ । लेदो आकाशतिर गएकाले ग्यास वायुमण्डलमै बिलाउने र पानी जमिनमा फर्किने गरेको छ । धेरै दिनसम्म आउन थाल्यो भने प्रशोधन गरेर ग्यासको रूपमा प्रयोग गर्न सकिन्छ,’ श्रेष्ठले भने ।  ‘यहाँ सानो ठाउँ भएर समय लाग्यो । ग्यास भण्डारणको मात्रा थाहा पाएपछि, निस्कने ठाउँको क्षेत्रफलबारे जानकारी भएपछि मात्रै यसबारे भन्न सकिने उन्ले बताएका थिए ।

अहिले भने करिब १७ घण्टा पछि ग्यास निस्कीन बन्द भएको छ ।