नेपाल ज्योती ,श्रावण४- समयमा बर्ष नहुदा किसानहरु मर्कामा परेका छन् । देशको बिभिन्न स्थानमा रोपाई रोक्किएको छ भने ,जसो-तसो गरेर किसानले रोपेको धान पनी, पानी नपर्नाले मर्दै गएको छ । गर्मिको कारण खेतहरु सुख्खा भएर फुट्न थालेका छन् । किसानहरु आफुले मेहेनत गरेर रोपेको बर्ष भरी खाने अन्नको यो अवस्था देख्दा रुने गर्छन ।
साउन पहिलो हप्ता सम्म आइपुग्दा देशभर जम्मा ४०.४६ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत बर्षको तुलनामा यस वर्ष २३.४२ प्रतिशतले कम रोपाइ भएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्याङ्क अनुसार ४०.४६ मात्र रोपाइ भएको जनाएको हो । यस अवधिमा गत वर्ष ६३.८८ प्रतिशत रोपाइ भएको थियो ।
मन्सुन ढिलाइका कारण रोपाइ कम भएको मन्त्रालयले जनाएको छ । तराइमा आएको बाढीको कारण रोपाइ प्रभावित भएको हो । मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
गत वर्ष अनुकूल मौसम, पर्याप्त सिँचाइ र रासायनिक मल उचित प्रबन्ध भएकै कारण ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । समयमै प्रयाप्त रोपाइ नभएपछि यस बर्ष धान उत्पादन कम हुने देखिएको छ ।