सोमालियामा बितेको ४० वर्षको भन्दा भयङ्कर खडेरी २ करोड मानिस भोकमारी , पानी र कुपोषणको जोखिममा

  • प्रकाशित मिति : July 21, 2022
  • -सरु आचार्य

नेपाल ज्योती,श्रावण५-   एसीया पछिको सबैभन्दा ठुलो माहादिप भनेर चिनिने देश हो अफ्रिका । अफ्रिकाको पुर्वि किनाराको तटमा स्थित एक देश छ सोमालिया ,जस्लाई सोमाली लोकतांत्रिक गणराज्य भनेर पनी चिनिन्छ। सोमालिया समुन्द्रि तटमा रहेको एक मैदानी इलाका हो । अनियमित वर्षा र आवधिक मनसुनि हावाको कारण याहाको पुरै वर्ष भरी गर्मी रहन्छ। जस्ले गर्दा लामो समय देखि सोमालिया खडेरी र पनीको समस्यामा रोमालिएको छ ।

सोमालियाको अनुमानित जनसंख्या १४.३ मिलियन रहेको छ । खडेरीबाट मात्र नभई भोकमारीबट पनी पिडित छ सोमालिया । उसो त अफ्रकाको भुभागमा रहेको सबै देश कुनै न कुनै समस्या सँग जुधि नै रहेका छन् । सोमालियामा ८०% भन्दा बडी पनीको स्रोतहरु सुकीसकेछन् ,जस्ले गर्दा त्याहाको खडेरीको करण दिनहु जसो मानिस मर्न थालेका छन् । त्याहा स्थित ठुलो नदी भनिएको शाबिल र जोबा नदिमा पनि पानीको मात्रा अन्तिम सतह भन्दा तल पुगिसकेको छ। जस्ले १४ लाख जनसंख्यालाई पानी पुर्याउन असम्भव देखिन्छ । त्याहाको अवस्था र तस्विरहरुले जो कसैको आखा रसाउने गर्छ ।

सोमालियाको फार्दोसा शिविरमा ३ महिना देखि बस्दै आएकी छिन । सोमालियाको बालिहरु नस्ट भएपछि , नदीहरु सुकेपछि, र आफ्ना बाख्रा बस्तु मरे पछि १३ वर्षिय फार्दोसाको परिवार घर छाड्न बाध्य भयो । फार्दोसाको नमिठो अनुभवहरु छन् । उन्ले आफ्नै आखाँ अगाडी मिल्ने साथि खडेरीको कारण गुमाएकी छन् । उनी भन्छिन खडेरीकै कारण कयौले देश छाडे केही साथि मोगादेशु गए । उनिहरु त्याहा घरयासी कामदारको काम गर्छन ।

अफ्रिकाको बिगतकै ४० वर्ष भन्दा यताको सबैभन्दा नराम्रो र भयङ्कर खडेरी यस वर्षको हो । केन्या ,ईथोपिया र सोमालियागरी करिब २ करोड मानिस भोकमारी र पानीको जोखिममा छन् । वर्षको अन्तिम सम्मै यही खडेरी झेल्नुपर्ने हो भने सबैको मृत्यु तय छ ।

अफ्रिकाको गाउँ सबै रित्तो भएका छन् । खाना ,पनी र औषधिको कारण मृत्यु हुनेको संख्या बड्दै गई रहेका छन् । बालबालिकाहरु बिषेश जोखिममा परेका छन् । गम्मभिर कुपोषणको जोखिम उच्च छ । आफुले पेटभरी खान नपाएको कती भयो फार्दोसालाई याद छैन ।