पोर्चुगलमा आजबाट मङ्कीपक्स भाइरस पुष्टि भएका बिरामीलाई खोप लगाउन सुरु

  • प्रकाशित मिति : July 22, 2022
  • -सरु आचार्य

नेपाल ज्योती श्रावण६ – पोर्चुगलले आजदेखि मङ्कीपक्स भाइरसको पुष्टि भएका बिरामीहरुका लागि खोप को शुरुवात गरेको पोर्तुगल स्वास्थ्य महाशाखा (डिजिएस) ले जनाएको छ।

पोर्चुगिज स्वास्थ्य अधिकारीले मे ३ मा पहिलो घटना रिपोर्ट भएदेखि बिहीबारसम्म देशमा मङ्कीपक्सको कुल ५८८ वटा केसहरू पुष्टि गरेका थिए र गत हप्ता मात्र ७३ वटा पत्ता लागेको थियो।

डीजीएसले पोर्चुगलका विभिन्न क्षेत्रहरूमा योग्य सम्पर्कहरू पहिचान गरेर खोप दिने काम जारी राखेको छ

मङ्कीपक्स भाइरस के हो ?

मङ्कीपक्स, दशकौंदेखि अफ्रिकी मानिसहरूमा देखिएको एक सामान्य रोग। तर जती सामान्य देखिन्छ तेति सामान्य भने छैन । बेलामा नै ध्यान पुर्याउन नसक्दा यस्ले कयौको ज्यान समेत लगेको छ । अहिले विश्वका अन्य देशहरूमा पनि यो फैलिरहेको छ । विशेष गरी अमेरिका, क्यानडा र धेरै युरोपेली देशहरूमा यस्ता बिरामीहरु देखिन थालेका छन् । हालसम्म ११ देशमा यो रोग देखिएको छ ।

अफ्रिकीहरू लामो समयदेखि मङ्कीपक्सबाट पीडित छन् । सन् १९५८ मा, यो पहिलो पटक बाँदरहरूमा पहिचान गरिएको थियो, जसको आधारमा यसलाई मङ्कीपक्स नाम दिइएको थियो ।

युनिभर्सिटी अफ रिडिङका सेलुलर माइक्रोबायोलोजीका एसोसिएट प्रोफेसर साइमन क्लार्कले साइन्स मिडिया सेन्टरलाई भने, ‘मङ्कीपक्स पहिलो पटक सन् १९५० को दशकमा बाँदरमा भेटिएको थियो, तर १९७० को दशकसम्ममा यो मानिसमा फैलिएको थियो । यो अन्य जंगली जनावर जस्ता केही कोतर्ने खालको जनावरमा पनि पाइन्छ । ’

युनाइटेड स्टेट्स सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सिडिसी० ले आफ्नो वेबसाइटमा मङ्कीपक्स संक्रमणको लागि हाल कुनै विशेष उपचार उपलब्ध नभएको तर औषधिद्वारा यसको फैलावट नियन्त्रण गर्न सकिने बताएको छ ।

यस रोगका सबैभन्दा सामान्य लक्षणहरू ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने, थाकेको र छाला र श्लेष्म झिल्लीलाई असर गर्ने धर्काहरू क्रमश: देखा पर्ने लिम्फ नोडहरू हुन्।