भोजपुरमा ट्र्याक्टरको ठक्करबाट पाँच वर्षीय नेनसाङ तामाङको मृत्यु

  • प्रकाशित मिति : July 22, 2022
  • -सरु आचार्य

नेपाल ज्योती , श्रावण६-भोजपुर नगरपालिका–१२ स्थित छाचौतारामा ट्र्याक्टरले ठक्कर दिँदा बिहीबार साँझ पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला सदरमुकामबाट गुम्बा क्षेत्रतर्फ जाँदै गरेको म १ त ७४४४ नम्बरको सामानले भरिएको ट्याक्टरले नेनसाङ तामाङलाई ठक्कर दिँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले बताएको छ ।

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।