लहान नगरपालिकाका उपमेयर राम चालितार महतो माथी बलात्कारको उजुरी

  • प्रकाशित मिति : July 22, 2022
  • -सरु आचार्य

नेपाल ज्योती , श्रावण६ – सिराहा जिल्लाको लहान नगरपालिकाका उपमेयर राम चालितार महतो माथी बलात्कारको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुबास बुढाथोकीले जिल्ला अदालतबाट पक्राउ पुर्जी पाएपछि उनलाई पक्राउ गर्ने बताएका छन् ।

प्रहरीले प्राप्त गरेको उजुरीमा उपमेयर महतोले काम लगाईदिने प्रलोभन देखाएर महिलाहरु लाई कार्यालयमा आउन लोभ्याउने र यौन दुर्व्यवहार गर्ने गरेको खुलासा गरेकी छन् ।

स्वयम उन्लाई पनी अपरेटरको काम लगाउने वचन दिएर आफ्नो कार्यालयमा आउन भनेको र बलात्कारको प्रयास गरेको स्थानीय महिलाले दाबी गरिकी छिन।

बलात्कार गर्ने प्रयास जून महिनामा भएको थियो। तथापि, उनले किन यो हप्ता मात्र प्रहरीलाई रिपोर्ट गरिनन खुल्न बाकी छ ।

प्रहरीले सुरुमा उजुरी लिन अस्वीकार गरेको र स्थानीय अधिकारकर्मीको दबाबपछि मात्र तयार भएको कुरा थाहा भएको छ।