छोड्दै, नयाँ बनाउँदै-अब कता जालान् बाबुराम भट्टराई ?

  • प्रकाशित मिति : July 22, 2022
  • -सरु आचार्य

नेपाल ज्योती श्रावण६- बाबुराम भट्टराईले २०७२ साल असोज ३ गते संविधान जारी भएको छ दिनपछि माओवादी पार्टी त्याग गरेको घोषणा गरेका थिए।

अब परम्परागत कम्युनिस्ट पार्टीको सान्दर्भिकता सकिएको निष्कर्षसहित उनले संविधान जारी भएपछि देशलाई समृद्धिको यात्रामा हिँडाउने वैकल्पिक पार्टीको आवश्यकता औँल्याएका थिए।

त्यतिबेला माओवादीसहितका पुराना दलको औचित्य समाप्त भएको दाबी उल्लेख गर्दै उनले भनेका थिए, (तरकारी काट्न चक्कु चाहिन्छ भने खसीको निम्ति खुकुरी।)

पार्टीविहीन बनेको करिब आठ महिनापछि २०७३ साल जेठ ३० गते उनले तामझामका साथ नयाँ शक्ति पार्टी घोषणा गरे। तर चुनावमा उनले अपेक्षा गरे जस्तो मतदाता आफूतिर आकर्षित भएको पाएनन्।

नयाँ ढङ्गले पार्टी घोषणा गरेको तीन वर्षपछि २०७६ साल वैशाख २३ गते उनले पार्टी एकताको निम्ति सङ्घीय समाजवादी फोरम रोजे। एकीकृत दलको नयाँ नाम जुर्‍योस् समाजवादी पार्टी नेपाल।

आन्तरिक कलह फुटमा पुगेको अनुमानबीच ४० प्रतिशत पुग्न नदिनू रातारात राष्ट्रिय जनता पार्टी (राजपा) सँग २०७७ वैशाख १० गते एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा) नामकरण गरिएको थियो।

नयाँ पार्टी बनाउने बताउँदै भट्टराई निकटस्थ नेता डम्बर खतिवडाले भने, उपेन्द्रजीबाट निस्किएकै हो, लुकाउने कुरा छैन। नयाँ शक्ति बनाउँदा वैकल्पिक शक्ति बनाउनेु जुन जग थियो, त्यसैलाई पुनर्स्थापित गर्ने प्रयत्न गर्छौँ।

भट्टराईले उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९९३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनले भनेका छन् हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन। तसर्थ पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपील गर्दछौँ।

विज्ञप्तिमा उनले आफूलाई अध्यक्ष सङ्घीय परिषद्कै रूपमा प्रस्तुत गरेका छन्।