अभिनेत्री मिरुना मगरले लामा विरुद्द जिल्ला अदालतमा हालिन दुर्व्यवहार र आक्रमणको मुद्दा

  • प्रकाशित मिति : July 28, 2022
  • जेनिसा कार्की

नेपाल ज्योती ,श्रावण१२ -अभिनेत्री मिरुना मगरले बौद्ध भिक्षु खुर्बा तामाङमाथि जिल्ला अदालत, काठमाडौँमा दुर्व्यवहार र आक्रमणको मुद्दा दायर गरेकी छन् ।

यसअघि अभिनेत्री मगरले सिभिल मलमा आफूसँगै गलत काम गरेको आरोप लगाउँदै तामाङलाई थप्पड हानेकी थिइन् । बौद्ध समुदायले विरोध प्रदर्शन गर्न थालेपछि तामाङलाई पक्राउ पछि रिहा गरिएको थियो ।

पछि मगर र तामाङ दुवैले सम्झौता गरेका थिए । तामाङले मगरसँग माफी मागेका थिए र मगरले बौद्ध समुदायसँग माफी मागेका थिए ।