जनार्दन शर्माबारे छानबिन गर्न आज दिउँसो ३ बजे प्रतिवेदन बुझाईदै

  • प्रकाशित मिति : July 29, 2022
  • -सरु आचार्य

नेपाल ज्योती , श्रावण १३-  पूर्वअर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ ।

समितिका सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले हिजै प्रतिवेदन तयार पारेको जनाए । उनले शुक्रबार दिउँसो ३ बजे सभामुख अग्निप्रसाद सापकोटालाई उक्त प्रतिवेदन बुझाउने तयारी रहेको जनाए ।

शर्मामाथि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप छ ।

समितिले छानबिनको क्रममा शर्मामाथि लागेको आरोप भने पुष्टि नभएको निश्कर्ष निकालेको छ।

समितिले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्रालयको नेतृत्वमा पून: शर्मा फर्किने प्रवल सम्भावना बढेको सरकारका मन्त्रीहरुले नै दाबी गरेका छन् ।

हिजोमात्रै शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि शर्मा नै अर्थ मन्त्रालयको नेतृत्वमा आउनेबारे आफू विश्वस्त रहेको बताएका थिए ।