नेपाल ज्योती , श्रावण १३- आज ३बजे अपराह्न बसेको प्रतिनिधिसभाको छानबिन बैठक पुरा भएको मन्त्रालयले बताएको छ ।प्रतिनिधिसभामा पेस गरिएको छानबिन समितिको प्रतिवेदनमा जनार्धन शर्मामाथि लागेका आरोप पुष्टि हुने कुनैपनी आधार नभेटिएको उल्लेख गरेको छ।
प्रतिवेदनमा अर्थ मन्त्रालयको रिकभर गरिएको भनिएको सीसीटीभी हार्ड डिस्कमा जेठ १४ र १५ गतेका ५१ वटा सिङ्गल फ्रेम क्लिपहरू रहेको उल्लेख छ। उक्त क्लिपहरू चलायमान नरहेकाले छानबिनको कार्यमा त्यति सहयोगपूर्ण भने रहेनन्। तथापि ती क्लिपहरूमा अनधिकृत भनिएको व्यक्तिले प्रवेश गरेको भने देखिएन,छानबिन समितिले प्रतिवेदनमा खुलाएको छ।
अर्थ मन्त्रालयमा राखिएको सीसीटीभी फुटेज रिकभर गर्ने प्रयत्न सफल नभएपछि दुई सातासम्म समितिले गरेको छानबिन आरोपित मन्त्री र अर्थ मन्त्रालयका सचिव तथा कर्मचारीहरूको बयानमा मात्रै आधारित बन्यो।
जससँगै कतिपय विज्ञ र जानकारहरूले संसदीय समितिको छानबिनको परिपक्वतामा प्रश्न उठेको पनी बताएका छन्।
संसदीय समिति छानबिनका अन्य विकल्पमा नजाँदा अर्थमन्त्री शर्माबारे उठाइएका कतिपय प्रश्न अनुत्तरित रहेको विज्ञहरूको भनाई छ।
अहिलेलाई भने प्रतिनिधिसभाले जनार्धन शर्मामाथि लागेका आरोपहरुको पुष्टी नभएको र शर्मालाई आरोप मुक्त गरिएको जानकारी गराएको छ ।