नेपाल ज्योती, श्रावण२०-परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै छन । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लागेका हुन ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्री खड्काको भ्रमण तालिका साउन २४ देखि २६ गतेसम्म रहने उल्लेख छ । भ्रमण तालिकाअनुसार साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ ।
त्यस्तै, परराष्ट्रमन्त्रीको खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजना गर्नेछन । परराष्ट्रमन्त्री खड्का साउन २६ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।