नेपाल ज्योती ,श्रावण२२- प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ ।
सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि शुरू भएको बैठकमा महाभियोगको प्रस्तावबारे छलफल भइरहेको छ ।
सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिनभित्र प्रतिनिधि सभामा पेस गर्नुपर्छ ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१९५० मा तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ ।