बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक जारी

  • प्रकाशित मिति : August 8, 2022
  • जेनिसा कार्की

नेपाल ज्योती ,श्रावण२३ –  सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीको आन्तरिक विषयलगायत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे छलफल भइरहेको छ।