निर्वाचन जिते पछि प्रधानमन्त्री बन्ने शसांकको दावी

प्रधानमन्त्री बन्ने शसांकको दाबी

  • प्रकाशित मिति : October 10, 2022
  • - घनश्याम आचार्य

नेपाल ज्योति,  मंसिर ४ –   प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मनोनयन दर्ता गरेका  छन् ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नवलपुर १ बाट आइतबार उहाँले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य डा. कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुरा गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।