प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभा तर्फ २८४५ उम्मेदवारी दर्ता

  • प्रकाशित मिति : October 10, 2022
  • - विश्व घिमिरे

नेपाल ज्योति, मंसिर ४ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ । ४ गते ५ बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलका अनुसार प्रदेश नं. १ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।