दाइजो माग्दै श्रीमती कुटपिट गर्ने दास कारागार चलान

घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दास बिहिवार पुर्पक्षका लागि कारागार चलान

  • प्रकाशित मिति : March 24, 2023
  • - यमुना आचार्य

नेपाल ज्योति, चैत्र १० – घरेलु हिंसा तथा ५० लाख नगद दाइजो माग गर्दै आएको भनी श्रीमतीद्वारा आरोप लागेका राजविराज ३ का नवीन कुमार दासलाई बिहीबार सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

राजविराज वडा नम्बर ३ की आरती कुमारी दासले श्रीमान् सहित आफ्नै परिवारका सदस्यहरूले बिहे भएको वर्ष दिन नबित्दै आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै गत माघ २६ गते जाहेरी दिएकी हुन् ।

न्यायाधिश हेमन्त रावलको एकल इजलासले पुर्पक्षका लागि आरोपित दासलाई कारागार चलान गरिएको हो । मुद्दाको अनुसन्धानको क्रममा यसअघि आरोपित दासलाई २५ दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

पीडितका अनुसार तीन वर्ष अघि बिहे भएको र त्यति वेलैदेखि थप दाइजो माग गर्दै ससुराली पक्षले आफूलाई कुटपिट गर्दै यातना दिँदै आएको हो । कहिले जग्गा किन्न त कहिले घर बनाउन कहिले छोरालाई पढाउन भनेर अनेक बहानामा माइती पक्षबाट नगद रुपैयाँ मागेर ल्याउन दबाब दिँदै आएको पीडितको भनाइ रहेको छ ।