नेपाल ज्योति, चैत्र १२ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदा ३/४ दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको म्याद गुज्रिएको छ।
उनले भने जस्तै भोलिपल्टैबाट त्यसको निम्ति परामर्श सुरु भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले जनाएका छन्।
नेपाली कांग्रेसका नेताहरूसँग बिहीवार छलफल गरेका प्रधानमन्त्री प्रचण्डले बिस्तारबारे सत्तापक्षीय गठबन्धनमा रहेका अन्य दलका नेताहरूसँगको परामर्शलाई शुक्रवार पनि तीव्रता दिए।
त्यसअघि उनले गत साता कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेतासँग संयुक्त छलफल पनि गरेका थिए।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सबै दलका नेताहरूसँग एकसरो कुरा गरेर फेरि संयुक्त छलफल गर्ने प्रधानमन्त्रीको योजना छ।(विबीसि)