लाओसद्वारा २–१ गोलले भुटान पराजित

  • प्रकाशित मिति : March 25, 2023
  • - विश्व घिमिरे

नेपाल ज्योति, चैत्र ११ – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसले भुटानलाई पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हरायो ।

आलोसको जितमा दुवै गोल बोन्पाचान बोन्कोङले गर्नुभयो । उहाँले खेल सुरुभएको तेस्रो र ७१औं मिनेटमा गोल गर्नुभएको हो । भुटानका चेन्चो ग्याल्सेनले ३४औं मिनेटमा गोल फर्काउनुभयो । जितसँगै तीन अंक बनाएको लाओसले फाइनल पुग्ने सम्भावना बढाएको छ ।