नेपाली अर्थतन्त्र धरापमा पर्ने आशंका, सरकारी स्रोत व्यवस्थापनमा समस्या

दातृनिकायसँग आर्थिक सहयाताका लागि पहल, दिनानु दिन आर्थिक संकट चुलिंदो

  • प्रकाशित मिति : April 10, 2023
  • - यमुना आचार्य

नेपाल ज्योति, चैत्र २७ – नेपालमा राजस्वमा कमी आएर सरकारी स्रोत व्यवस्थापनमा समस्या देखिन थालेपछि सरकारले खर्चको पूर्ति गर्न दातृनिकायसँग आर्थिक सहयाताका लागि पहल गरिरहेको बुझिएको छ।

सरकारी स्रोतको अभाव पूर्तिका लागि एशियाली विकास ब्याङ्क (एडीबी) सँग मात्र सरकारले झन्डै साढे २६ अर्ब रुपैयाँ  बराबरको रकमका लागि पहल अघि बढाएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले पनि त्यसलाई अस्वीकार गरेनन् तर “कस्तो खालको सहयोग लिन सकिन्छ” भन्ने विषय अहिले पनि “छलफलमै रहेको” बीबीसीलाई बताएका छन्।

विशेषगरी दातृनिकायका सर्तहरू लागु नहुने वा लचक किसिमका सर्तसहितको बजेटरी सहयोगका लागि सरकारले पहल गरिरहेको देखिन्छ ।