चरम राजनीतिक बिवादका बिच नेपाली कांग्रेसका उद्धब थापा कोशी प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

संविधानको धारा १६८ को उपधारा २ बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त - प्रदेश प्रमुखको कार्यालय

  • प्रकाशित मिति : July 6, 2023
  • - विश्व घिमिरे

नेपाल ज्योति, असार २२ –

कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश सरकारले अघिल्लो साता बहुमत गुमाएपछि नयाँ सरकार गठनमा अन्योल देखिंदा सभामुखको हस्ताक्षरसहितको समर्थनपत्र बुझाएका नेपाली कांग्रेसका उद्धब थापालाई कोशी प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गरेको छ । संविधानको उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ।

 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभाका सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको विषयमा कानुनी र संसदीय लडाइँ लड्ने बताए प्रतिकृया दिएकाछन् ।

प्रदेशको सभाको सभामुखले समेत हस्ताक्षर गरेर दुनियाँमा कहीँ नभएको अभ्यास भयो, सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने अब त सरकार बनाउने दलको सदस्य भएको हुनाले  अब सभामुख निष्पक्ष रहन नसक्ने हुनाले  कानुनी लडाइँमा  जाने कुरामा भण्डारीले जोड दिएका छन् ।