अतिरिक्त महिना मलमास आजबाट सुरु

मत्स्यनारायण मन्दिर कीर्तिपुरमा पुरुषोत्तम मेला सुरु

  • प्रकाशित मिति : July 18, 2023
  • नेपाल ज्योति

नेपाल ज्योति, श्रावण २ – अतिरिक्त महिना मलमास आज (मङ्गलवार) बाट सुरु भई साउन ३१ मा समापन हुदैछ । हरेक मलमासमा जस्तै कीर्तिपुरको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ यस पटक पनि आज (मङ्गलवार) बाट सुरु भएको छ ।

राजधानी काठमाडौँबाट आठ किलोमिटर दक्षिण पश्चिममा रहेको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा भगवान् विष्णुको पूजा–आराधना गर्न नेपाल तथा भारतबाट लाखौँ भक्तजनहरू भक्तजनहरू आउने गर्दछन् ।

पोखरीले घेरिएको उक्त मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला पनि लाग्ने गरेको छ । कीर्तिपुर, कलङ्कीको तिन थाना र थानकोट लगायतका नाका करिब ३, ४ किलोमिटर दुरीमा रहेको मन्दिर १७ सय वर्षअघि निर्माण भएको र ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिरका पुजारी शैलेश आचार्यले जानकारी दिनुभयो । (गोरखापत्र बाट साभार)